अर्थतन्त्रलाई लयमा फर्काउन प्रशासनिक संयन्त्र सुधार्न आवश्यक छ : डा अधिकारी

मंसिर १६, २०७७ | काठमाडौं

The Headliners | Journalist Anil | 1 December 2020 | 16 Mangsir 2077

त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख एवं अर्थविद डा शिवराज अधिकारीले अर्थतन्त्रलाई लयमा फर्काउन प्रशासनिक संयन्त्र सुधार्नुपर्ने बताउनुभएको छ । कोभिड १९ बाट शिथिल अर्थतन्त्रको पुर्नस्थापनका लागि सरकारले विभिन्न नीतिगत व्यवस्था गरेपनि कार्यन्वयन फितलो हुँदा प्रभावकारी परिणाम आउन नसकेको उहाँको भनाई छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै अर्थविद डा अधिकारीले मुलुकको अर्थतन्त्र सोचे जस्तो खवार अवस्थामा पुगिनसकेको बताउनुभयो ।


प्रतिक्रिया