प्रर्दशनमा दमन भए परिणाम गम्भीर हुन्छ : राजेन्द्र लिङदेन

मंसिर १७, २०७७ | काठमाडौं

The Headliners | Journalist Prakash | 2 Decmeber 2020 | 17 Mangsir 2077

हिन्दु राष्ट्र स्थापना र राजसंस्था पुर्नबहालीको माग गर्दै भएको प्रर्दशनमा राज्यले दमन गरे त्यसले अर्को जनआन्दोलनको रुप लिने राप्रपा नेता राजेन्द्र लिङदेनले बताउनुभएको छ । राप्रपा लगायत बिभिन्न संघ संगठनले बिभिन्न स्थानमा गर्ने प्रर्दशनलाई लक्षित गरी त्यसलाई रोक्ने उदेश्यले सरकारले ७७ जिल्ला प्रशासनमा परिपत्र गरेको भन्दै नेता लिङदेनले त्यसो गरिए अवस्थाले फरक मोड लिने जिकिर गर्नुभयो । कोरोनाको समयमा प्रधानमन्त्री सहित सरकारी अधिकारीहरु बिभिन्न सभा र सम्मेलन गर्दै हिड्ेको अवस्थामा आफुहरुलाई भने रोक्न खोज्नु निन्दनिय बिषय भएको लिङदेनको भनाई थियो ।

पछिल्ला दिनहरुमा बिभिन्न स्थानहरुमा भईरहेका प्रर्दशन र स्वतस्फुर्त रुपमा जनताको सहभागीतापछि सरकार अतालिएको उहाँको दाबी थियो ।


प्रतिक्रिया