नेकपा नेतृत्वको सरकारले जनअपेक्षा पुरा गरेन : देव गुरुङ

मंसिर २२, २०७७ | काठमाडौं

The Headliners | Journalist Prakash | 7 December 2020 | 22 Mangsir 2077

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक देव गुरुङले सरकार जनअपेक्षा अनुसार अघि बढ्न नसकेको बताउनुभएको छ । पार्टीभित्र देखिएका समस्या यथास्थितीबादि र परिवर्तन स्विकार गर्न नसक्नेहरुका कारण भएको भन्दै २ लाईन संर्घषबाटै त्यसको हल हुने गुरुङको भनाई थियो । रेडियो कान्तिपुरसंग कुराकानी गर्दै नेता गुरुङले बैचारिक बहसबाटै यस्ता शक्ति किनारा लाग्ने उल्लेख गर्नुभयो ।

सचिवालयले समाधान गर्न नसकेको विवाद स्थायी कमिटीमा आएको भन्दै उहाँले यहाँबाट पनि समाधान हुन नसके केन्द्रिय कमिटी बैठकबाट त्यसको निर्णय हुनुपर्नेमा जोड दिनुभयो । सरकार गलत बाटोमै हिडेकै कारण पार्टीप्रतिको विश्वास गुम्दै गएको गुरुङको दाबी छ ।


प्रतिक्रिया