सरकार कार्यकारीकै हैसियतमा छ : सरकारका प्रवक्ता गुरुङ

पुस १८, २०७७ | काठमाडौं

The Headliners | Journalist Anil | 2 January 2021 | 17 Poush 2077

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार कार्यकारीकै हैसियतमा रहेको बताउनुभएको छ । निर्वाचन आयोगले चुनावी आचारसंहिता लागु नगरेको अवस्थामा सरकार कार्यकारीकै हैसियतमा हुने मन्त्री गुरुङको भनाई छ । रेडियो कान्तिपुरसंग विहान मन्त्री गुरुङले भन्नुभयो, वैशाखमा मध्यावधी निर्वाचनको घोषणा गरेको छ । निर्वाचन आयोगले ३ महिनाअघी आचारसंहिता लागु नगरेसम्म सरकार कार्यकारीकै हैसियतमा छ । सवैखाले निर्णय गर्न सरकारलाई छुट छ ।

प्रतिनिधिसभा विघटनपछि उत्पन्न संवैधानिक जटिलताबारे अन्तिम फैसला सर्वोच्च अदालतले गर्ने भएकाले अहिले विवाद गर्नुको कुनै तुक नभएको उहाँको भनाई छ । संघीयता, धर्म निरपेक्षता जस्ता मुद्धामा पछाडी फर्किन नसकिने भन्दै मन्त्री गुरुङले राजतन्त्र, हिन्दु धर्मको मुद्धा चुनावी फण्डा मात्रै भएको बताउनुभयो ।

संसदमा वहुमत प्राप्त सरकारलाई कामै गर्न नदिएर बारम्वार अवरोध सृजना भएपछि प्रधानमन्त्री संसद विघटन गर्न वाध्य भएको मन्त्री गुरुङको भनाई छ ।


प्रतिक्रिया