नयाँ सरकार निर्माणमा अरु दल अनिर्णयको बन्दी बनेर दोष जसपालाई लगाइरहेका छन् : राजकिशोर यादव

चैत्र २०, २०७७

The Headliners | Journalist Pawan | 02 April 2021 | 20 Chaitra 2077

जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले केपी ओली नेतृत्वको सरकारको विकल्प खोज्न अन्य दलले निर्णय नगरेका कारण समस्या भएको बताउनु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकार निर्माणमा चासो नदेखाउनु र सरकारलाई समर्थन गरेको दल नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता नलिंदासम्म नयाँ सरकार गठनको प्रकृया अघि नबढ्ने उहाँको भनाइ थियो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै नेता यादवले काँग्रेस र माओवादीले निर्णय गर्नासाथ जसपाको धारणा सार्वजिनक हुने पनि बताउनुभयो ।

अहिलेको प्राथमिकता भनेको सरकार निर्माणभन्दा पनि राजनीतिको शुद्धिकरण भएको उहाँको तर्क थियो । राजनीति विसङ्गतितर्फ उन्मुख भइरहेका बेला दलहरुले सही निर्णय गर्नसक्नु पर्ने उहाँको भनाइ थियो । संविधानको सर्वस्वीकार्यताका लागि पनि सरकारको तर्फबाट पहलकदमी हुनुपर्नेमा हुन नसकेको नेता यादवले बताउनुभयो ।


प्रतिक्रिया