पत्रकार महासंघलाई विशुद्ध पत्रकारहरुकै संगठन बनाउन पर्छ : निर्मला शर्मा

चैत्र ३१, २०७७ | काठमाडौं

The Headliners | Journalist Pawan | 13 April 2021 | 31 Chaitra 2077

नेपाल पत्रकार महासंघको २६ औं साधारणसभामा अध्यक्षका प्रत्यासी रहनु भएकी निर्मला शर्माले महासंघलाई विशुद्ध पत्रकारहरुको संगठन बनाउने चुनौती रहेको र त्यसका लागि सघाउन आफू तयार रहेको बताउनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै उहाँले महासंघ व्यावसायिक पत्रकारहरुको हातबाट बिस्तारै फुस्किन लागेकोमा चिन्ता एवं चासो प्रकट गर्नुभयो । निर्वाचनमा पराजित भएपनि आफूलाई प्राप्त झण्डै ४ हजार मतको सम्मानका लागि पनि चुनावमा जनाएका प्रतिबद्धताहरुलाई महासंघको बैठकमा प्रस्तुत गर्ने उहाँको भनाइ थियो ।

प्रत्यक्ष निर्वाचन प्रणालीमा जाँदा महासंघको शुद्धिकरण हुने आम अपेक्षा रहे पनि त्यो यसपटक अनुभव गर्न नसकिएको उहाँको गुनासो थियो ।

महासंघ नागरिक संगठन पनि भएकाले नागरिकका मुद्दा बोक्नका लागि कुनै कन्जुस्याईं गर्न नहुने शर्माले बताउनुभयो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा नागरिकको खबरदारी सदैव रहने भएकाले पनि महासंघप्रति उनीहरुको चासो स्वभाविक हुने उहाँले बताउनुभयो ।


प्रतिक्रिया