सरकारको यहि पारा रहे, कोरोनाले ठुलो क्षती पुर्याउछ : डा प्रकाशशरण महत

वैशाख १, २०७८

The Headliners | Journalist Prakash | 14 April 2021 | 01 Baisakh 2078

कोरोना माहामारी नियन्त्रणका लागि सरकारको यस्तै तयारी रहे भोलीका दिनमा मुलुकले गम्भीर अवस्थाको सामना गर्नुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले दाबी गरेको छ । नयाँ भेरिएन्टको कोरोनाको सक्रमण फैलावट तिब्र हुने भएकाले अहिलेको तयारीले त्यसलाई धान्न नसक्ने काग्रेसको भनाई छ । रेडियो कान्तिपुरसंग कुराकानी गर्दै सहमहामन्त्री एवम कोभिड १९ अनुगमन समिती संयोजक डा प्रकाशशरण महतले यस बिषयमा गम्भीर बन्न सरकारलाई आग्रह गर्नुभयो । छिमेकी मुलुक भारतमा बढ्दो सक्रमणको प्रत्यक्ष असर नेपालमा अबको केहि समयपछि नै देखिने भन्दै पर्याप्त तयारीम ध्यान दिनुपर्ने महतको सुझाव थियो ।


प्रतिक्रिया