केपी ओली प्रधानमन्त्री रहेसम्म लोकतन्त्रमा खतरा रहिरहन्छ : डा भट्टराई

वैशाख ४, २०७८

The Headliners | Journalist Anil | 17 April 2021 | 04 Baisakh 2078

जनता समाजबादी पार्टी जसपाका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली सत्तामा रहिरहेसम्म लोकतन्त्रमा खतरा कायमै रहने बताउनुभएको छ ।

संघीयता, धर्मनिरपेक्षता बिरोधी केपी शर्मा ओलीले सत्तामा रहादा राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धी मास्ने गतिविधि जारी राखेको बताउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा बिहान कुरा गर्दै डा भट्टराईले पार्टीले उठाएका माग सम्वन्धमा सरकारसंग बार्ता जारी रहेपनि व्यक्तिका दृष्टिकोणले प्रधानमन्त्री ओलीसंग बिचार नमिल्ने बताउनुभयो ।

पार्टीका माग सम्वोधन हुने अवस्था भएपनि ओली नेतृत्वको सरकारमा भने नजाने उहााको भनाई छ । सत्ता समिकरणकै कारण जसपा नफुट्ने डा भट्टराईले बताउनुभयो ।


प्रतिक्रिया