हामी पार्टी एकताकै पक्षमा छौ, फुटतर्फ जादैनौ : झलनाथ खनाल

वैशाख ८, २०७८

The Headliners | Journalist Prakash | 21 April 2021 | 8 Baisakh 2078

आन्तरिक किचलो बढ्दै जाँदा फुटको संघारमा पुगेको नेकपा एमालेलाई एकताबद्ध बनाएर अघि लैजाने बरिष्ठ नेता झलनाथ खनालले बताउनुभएको छ । आफुहरु पार्टी एकताकै पक्षमा रहेकाले फुटको कल्पना पनि गर्न नसक्ने उहाँले बताउनुुभयो । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै बरिष्ठ नेता खनालले पार्टी नेतृत्वको निर्णयले पार्टीको भविश्य निक्र्योल हुने स्पष्ट पार्नुभयो ।

ओली नेतृत्वको सरकार बिस्थापन गरी अर्को सरकारको दिशामा आफुहरु कहिल्यै नलागेको दाबी गर्दै नेता खनालले त्यसको गलत प्रचार गरिएको बताउनुभयो । कर्णाली प्रदेशमा भएको घटना पार्टी नेताहरुको व्यक्तिगत निर्णयका आधारमा भएको भन्दै त्यसमा केन्द्रिय नेतालाई जोड्न नहुने जिकिर गर्नुभयो ।


प्रतिक्रिया