सरकार, नेता र जनता सबैले हेलचक्र्याँई गर्दा कोरोनाको संक्रमण वढ्यो : मन्त्री हृदयस त्रिपाठी

वैशाख ९, २०७८

The Headliners | Journalist Anil | 22 April 2021 | 09 Baisakh 2077

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयस त्रिपाठीले कोरोना संक्रमण नियन्त्र बाहिर जान थालेको बताउनुभएको छ । संक्रमण जोखिम बढ्ने थाह हुँदा हुँदै पनि सरकारी पक्ष र राजनीतिक दल तथा सर्वसाधरणका तर्फबाट पनि गम्भिर हेलचक्र्याँई भएको बताउनुभयो । आफुले शुरु देखि नै संवेदनशिल बन्न आग्रह गर्दा समेत सुनुवाई नभएपछि अव संक्रमण सरकारको नियन्त्रण बाहिर जान थालेको त्रिपाठीले बताउनुभयो । उहाँले ढिलो चाँडो लक डाउन गर्नुपर्ने अवस्था आउने बताउनुभयो ।

रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै उहाँले राजनीतिक दलहरुबाट पनि कोरोना संक्रमण विरुद्ध अपनाईएका प्रतिवन्धात्मक व्यवस्थाहरुको गम्भिर उल्लंघन भएको बताउनुभयो ।


प्रतिक्रिया