जसपाको संसदीय दलको नेता राजेन्द्र महतो नै हुन् : प्रमोद साह

जेष्ठ ५, २०७८

The Headliners | Journalist Pawan | 19 May 2021 | 05 Jestha 2078

जनता समाजवादी पार्टीका युवा नेता एवं सांसद प्रमोद साहले पार्टीको संसदीय दलको नेता राजेन्द्र महतो नै रहेको स्पष्ट पार्नु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै उहाँले पार्टी एकीकरणकै बेला महतो संसदीय दलको नेता बन्ने भद्र सहमति भएकाले सोही अनुसार नै डोलेश्वर बैठकमा उपस्थित २० सांसदले उहाँको नाममा निर्णय गरेको बताउनुभयो । सहमति गर्ने तर पालना नगर्ने रोग जसपामा पनि प्रवेश गरिसकेको भन्दै नेता साहले त्यो नै समस्याको जडक भएको उल्लेख गर्नुभयो ।

अल्पमतको सरकारलाई विश्वासको मत दिने कि नदिने भन्नेमा पार्टीले एक भएर निर्णय गर्ने तर त्यसका लागि सरकारले आफ्नो माग पूरा गर्नुपर्ने उहाँको भनाइ थियो । अध्यक्षद्वयले सहमतिको सरकारको नेतृत्व आफूले गर्न पाउने अवस्था आएमा नेतृत्व गर्न तयार रहेको भन्दै संयुक्त विज्ञप्ति निकालेकाले यही सरकारलाई विश्वासको मत दिने सन्दर्भ कमजोर हुनसक्ने उहाँको आँकलन थियो । अरु सबैले सरकारको नेतृत्व गरिसकेकाले अब मधेशबाट नेतृत्व दावी हुनु स्वभाविक भएको नेता साहले बताउनुभयो ।


प्रतिक्रिया