तालेवानको सत्तारोहणसँगै दक्षिण एसियामा अतिवादीहरु जुर्मुराउने सम्भावना छ : रणनीतिक विश्लेषक बस्न्यात

भाद्र १, २०७८

The Headliners | Journalist Pratikshya | 17 August 2021 | 01 Bhadra 2078

अफ्गानिस्तानमा अतिवादी बिद्रोही समुह तालेवानले सत्तामा कब्जा जमाएसँगै दक्षिण एसियामा अतिवादी समुहहरु जुर्मुराउने सम्भावना रहेको नेपाली सेनाका अवकाशप्राप्त उपरथी, सुरक्षा मामिला जानकार एवं रणनीतिक विश्लेषक बिनोज बस्न्यातले बताउनुभएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा कुरा गर्दै विश्लेषक बस्न्यातले अतिवादी समुहहरुसँग जुझ्न तयारी अवस्थामा नेपाल लगायत दक्षिण एसिया तयार रहनुपर्ने बताउनुभयो । नेपालले पनि प्रति आतंकवाद युनिटहरु तयार पारी सुरक्षा संयन्त्र चुस्त दुरुस्त राख्नुपर्ने उहाँको भनाई थियो ।


प्रतिक्रिया