तत्काल सरकारमा नजाने: लक्ष्मणलाल कर्ण

भाद्र ५, २०७८

The Headliners | Journalist Parbata | 21 August 2021 | 05 Bhadra 2078

निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी नेपाल तत्काल सरकारमा नजाने भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुरा गर्दै सो पार्टीका नेता लक्ष्मणलाल कर्णले मधेशको मुद्धामामिला, बन्दी रिहाई , संविधान संशोधन , लाल आयोगको प्रतिवेदन विषयमा आफूहरुको माग सम्बोधन भए मात्र सरकारमा जाने विषयमा सोच्न सक्ने बताउनुभयो । उहाँले नयाँ दल दर्ताका लागि प्रस्तावित पार्टी मधेश केन्द्रीत मात्र नभई राष्ट्रिय स्तरको पार्टी रहेको दाबी गर्नुभयो । केही जिल्लामा प्रस्तावित पार्टी विस्तार भइसकेकाले विस्तारका लागि समस्या नरहेको पनि उहाँले बताउनुभयो । मूलुकमा पिछडिएका, उत्पिडनमा परेका सबैलाई समेटेर लोकतान्त्रिक चरित्रको पार्टी बन्ने उहाँको भनाई थियो ।


प्रतिक्रिया