सदस्यता विवाद छिट्टै टुंगो लाग्छ, भदौ १८ को कार्यतालिका प्रभावित हुन्न : मिनेन्द्र रिजाल

भाद्र ७, २०७८

The Headliners | Journalist Indralaxmi | 23 August 2021 | 07 Bhadra 2078

नेपाली काँग्रेसले भदौ १८ का लागि तय भएको वडा अधिवेशन प्रभावित नहुने गरी क्रियाशील सदस्यताको विवाद मिलाउने तयारी गरेको छ । रेडियो कान्तिपूरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुरा गर्दै कांग्रेस नेता एवं मिनेन्द्र रिजालले क्रियाशील सदस्यता सम्बन्धी विवाद तत्काल समाधान गरेर प्रक्रिया अघि बढाउने तयारी भइरहेको बताउनुभएको हो । सोमबार साँझसम्म क्रियाशिल सदस्यको सूची प्रकाशित गर्ने र लगत्तै अन्य प्रक्रिया सुरु गरिहाल्ने उहाँको दाबी छ । पार्टीको वैधानिकता जोगाउन कांग्रेसले समयसीमाभित्रै प्रक्रिया सुरु गराई तीन महिनापछि केन्द्रीय महाधिवेशन धकेलेको थियो ।


प्रतिक्रिया