गुट उपगुटलाई समेटेर अघि बढ्नेछु : कांग्रेस उप सभापति विमलेन्द्र निधी

भाद्र १२, २०७८

The Headliners | Journalist Parbata | 28 August 2021 | 12 Bhadra 2078

नेपाली कांग्रेसका उप सभापति विमलेन्द्र निधिले पार्टी भित्रको गुट उपगुटलाई समेटेर अघि बढ्ने बताउनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुरा गर्दै नेता निधीले संस्थापन, इतर पक्ष सबैलाई समेटेर अघि बढ्ने बताउनु भएको हो । आगामी चुनावमा नेपाली कांग्रेसलाई विजयी गराउन आफ्नो उम्मेदवारी रहेको नेता निधीको भनाई थियो । संविधानलाई स्थापित गर्ने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय प्रणालीको सफल कार्यान्वयन गर्ने आफ्नो ध्येय रहेको उहाँले बताउनुभयो । आफू सभापति बने संविधानको सफल कार्यान्यनका लागि पहल गर्ने पनि नेता निधीले उल्लेख गर्नुभयो । लामो समयदेखि नेपाली कांग्रेसमा लगाव रहे पनि पछिल्लो समय पार्टी सभापति देउवाले आफ्नो आग्रह नकार्नु भएको उहाँले आरोप लगाउनुभयो । रुख छापलाई आगामी निर्वाचनमा जिताउने नै आफ्नो नारा रहेको नेता निधीले उल्लेख गर्नुभयो । भावी युवा पुस्ताका लागि आफ्नो उम्मेदवारीले बाटो पहिल्याइदिने उहाँले बताउनुभयो । कांग्रेस उपसभापति निधीले हिजो मात्र पार्टीको १४ औं महाधिवेशनका लागि सभापतिमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नु भएको छ


प्रतिक्रिया