सरकारी खर्च चलाउन पनि ऋण लिनुपर्ने अवस्था आउन थाल्यो : विश्लेषक रोका

भाद्र १३, २०७८

The Headliners | Journalist Anil | 29 August 2021 | 13 Bhadra 2078

अर्थराजनीतिका विज्ञ हरि रोकाले मुलकको अर्थतन्त्रमा चौतर्फी असर पर्न थालेको बताउनुभएको छ । कोभिड १९ महामारीले पारेको प्रभावसंगै राज्यले प्रभावकारी आर्थिक नीति अवलम्वन गर्न नसक्दा अर्थतन्त्रका सवै क्षेत्र थिलो थिलो हुन थालेको रोकाले बताउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै उहाँले सरकार चलाउन पनि अव वैदेशिक वा आन्तरिक ऋण लिनुपर्ने अवस्था सृजना भएको बताउनुभयो । गत वर्ष १० खर्व हाराहारीमा चालु खर्च रहेकोमा सरकारी श्रोतबाट साढे ८ खर्व मात्रै राजश्व संकलन भएको उहाँको भनाई छ । बर्तमान राजनीीतक नेतृत्वले मुलुकलाई आर्थिक भिजन दिन नसक्ने रोकाल आरोप लगाउनुभयो ।


प्रतिक्रिया