कांग्रेसमा तत्काल युवा नेतृत्व आउनै सक्दैन : राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल

भाद्र १८, २०७८

The Headliners | Journalist Indralaxmi | 3 September 2021 | 18 Bhadra 2078

कांग्रेसको नेतृत्वमा पूस्तान्तरणको बहस चलिरहँदा राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले भने तत्काल कांग्रेसमा युवा नेतृत्व आउने सम्भावना नै नरहेको बताउनुभएको छ । रेडियो कान्तिपूरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुराकानी गर्दै दाहालले कांग्रेसमा अझै पूरानै पुस्ताको हालीमुहाली रहेको र जो युवा भनिएका नेता छन् उनीहरु प्राथमिकतामै नपर्ने र आन्तरिक समिकरण पनि त्यही अनुरुप बन्दै गएकोले तत्काल सो समीकरण तोडिने सम्भावना नरहेको बताउनुभयो । गुटगत राजनीति हावी हुँदा कुन पक्ष दरिलो छ भनेर पछि लाग्ने प्रवृत्ति बढ्दै गएको र त्यसले कांग्रेसलाई सैद्धान्तिक रुपमा कमजोर बनाउँदै लगेको उहाँको भनाई थियो ।


प्रतिक्रिया