मुख्यमन्त्रीबाट ढिलो चाँढो बाहिरिन्छु, एकीकृत समाजबादीमा जान्न : अष्टलक्ष्मी शाक्य

भाद्र १९, २०७८

The Headliners | Journalist Anil | 04 September 2021 | 19 Bhadra 2078

बागमती प्रदेशकी मुख्यमन्त्री अष्ट लक्ष्मी शाक्यले सरकारबाट ढिलो चाँढो बाहिरिनेमा आफु ढुक्क रहेको बताउनुभएको छ । पदकै लागी माधव नेपाल नेतृत्वको एकीकृत समाजबादीमा प्रवेश नगर्ने उहाँले बताउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै मुख्यमन्त्री शाक्यले पार्टी जोगाउन आफु एमालेमै बसेको बताउनुभयो । पार्टी भित्र बसेर अहिले पनि अन्तरसंघर्ष गरिरहेको मुख्यमन्त्री शाक्यले बताउनुभयो । संसदमा आफु विरुद्ध अविश्वासको प्रस्ताव आए झेल्ने उहाँले बताउनुभयो ।


प्रतिक्रिया