संसदमा बलियो प्रधानमन्त्रीले मात्रै छिमेकीसंग बार्ता गर्न सक्छ : नेता गजुरेल

भाद्र २०, २०७८ | काठमाडौं

The Headliners | Journalist Anil | 05 September 2021 | 20 Bhadra 2078

माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले सरकार बलियो नभएसम्म सीमा विवादका विषयमा छिमेकीसंग बार्ता गर्न नसकिने बताउनुभएको छ । संसदमा बलियो भएपछि मात्रै दुवै छिमेकीसंग सीमा विवादका विषयमा ठोस बार्ता प्रक्रीया अघी बढाईने नेता गजुरेलको भनाई छ । अस्थिर राजनीतिको छाँया संसदमा पनि पर्ने भएकाले महाकाली नदीमा नेपाली युवा वेपत्ता भएको विषयमा ठोस कुरा गर्न नसकिएको गजुरेलले बताउनुभयो ।

रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै उहाँले मन्त्रीपरिषदले पुर्णता नपाएसम्म अपेक्षा अनुसारको काम हुन नसक्ने बताउनुभयो । माधव नेपाल नेतृत्वको एकीकृत समाजबादी पार्टीलाई कुर्नुपरेका कारण मन्त्रीपरिषद विस्तारमा ढिलाई भएको बताउनुभयो ।


प्रतिक्रिया