सभामुखले एमालेलाई संसदीय लोकतन्त्र सिकाउनु पर्दैन : प्रमुख सचेतक भट्टराई

भाद्र २७, २०७८ | काठमाडौं

The Headliners | Journalist Anil | 12 September 2021 | 27 Bhadra 2078

एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमालेलाई संसदीय लोकतन्त्र नसिकाउन सभामुखलाई आग्रह गर्नुभएको छ । माओवादी केन्द्रले संसदमा यसअघी गरेका हर्कतको स्मरण गर्न पनि भट्टराईले आग्रह गर्नुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै उहाँले सभामुखले विपक्षी दललाई पेलेरै अघि वढ्ने रणनीति अख्तियार गरको आरोप लगाउनुभयो । संसद बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक नराखेर सभामुखले संसदीय व्यवस्थाको खिल्ली उडाएको आरोप लगाउनुभयो ।


प्रतिक्रिया