देशैभरका ७७ जिल्लामा एकैसाथ घर तथा घरपरिवारको सुचिकरण सुरु गरेको छ : ढुण्डिराज लामिछाने

आश्विन २, २०७८ | काठमाडौं

The Headliners | Journalist Diwa | 18 September 2021 | 02 Ashoj 2078

केन्द्रीय तथ्यांक विभागले १२ औं राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत भदौ ३० बाट देशैभरका ७७ जिल्लामा एकैसाथ घर तथा घरपरिवारको सुचिकरण सुरु गरेको छ । त्यसका लागि ८ हजार ५ सय सुपरिवेक्षक खटाइएको कन्द्रिय तथ्यांक विभाग जनसंख्या शाखाका निर्देशक ढुण्डिराज लामिछानेले बताउनुभएको छ । आगामी असोज १८ गतेसम्म चल्ने सुचिकरण कार्यमा घरपरिवारमा अक्सर बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्यात विवरण भरिने छ । रेडियो कान्पिुरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुराकानी गर्दै निर्देशक लामिछानेले तथ्यांकको सुरक्षाका तथा गोपनियताको पूर्ण कार्यान्वयन गर्ने बताउनुभएको छ ।


प्रतिक्रिया