केही दिनभित्रै मन्त्रीपरिषद्ले पूर्णता पाउँछ : जनता समाजवादी पार्टी उपेन्द्र यादव

आश्विन ५, २०७८ | काठमाडौं

The Headliners | Journalist Indralaxmi | 21 September 2021 | 05 Ashoj 2078

सत्तारुढ गठबन्धनमा रहेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केही दिनभित्रै मन्त्रीपरिषद्ले पूर्णता पाउने बताउनुभएको छ । रेडियो कान्तिपूरको नियमित कार्यक्रम दि हेडलाइनर्समा कुराकानी गर्दै अध्यक्ष यादवले गठबन्धनमा कुनै समस्या नरहेको तर अध्यादेश फिर्तासहित मन्त्रालयको बाँडफाँड लगायतका केही विषयमा समझदारीको पहल भइरहेकोले त्यसमा सहमति भएलगत्तै मन्त्रीपरिषद्ले पूर्णता पाउने बताउनुभयो । ढिलोमा दशैंअघि सम्म सरकारले पूर्णता पाउने यादवको भनाई थियो ।


प्रतिक्रिया