पदाधिकारीमा छुटेको भूगोललाई मिलाउँछौं :डा. वेदुराम भुसाल, महासचिव नेकपा एकीकृत समाजवादी

आश्विन ८, २०७८ | Kathmandu

The Headliners | Journalist Pawan | 24 September 2021 | 08 Ashoj 2078

नेकपा एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले पार्टीको साँगठनिक संरचना निर्माणमा अहिले छुटेका भूगोललाई मिलाउन आफूहरु तयार रहेको बताउनु भएको छ । सुदूरपश्चिम प्रदेशबाट पदाधिकारीमा कोही पनि नपरेको भन्दै तीव्र आलोचना भइरहेका बेला उहाँले सचिवमा थपिने ३ जनामा सुदूरपश्चिमको प्रतिनिधित्व हुने बताउनुभएको हो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै महासचिव भुसालले एमाले परित्याग गरेर आएका व्यक्तिहरुलाई व्यवस्थापन गर्नका लागि पनि कमिटिहरु केही ठूलो आकारको रहन गएको स्पष्टिकरण दिनुभयो । एमालेबाट अलग भएको नभइ प्रतिगमनविरुद्धको आन्दोलनबाट नयाँ स्वरुप र प्रकारमा उदय भएको पार्टीका रुपमा एकीकृत समाजवादीलाई लिन उहाँले सबैमा आग्रह गर्नुभयो । केन्द्रीय कमिटिले पारित गरेका राजनीतिक र साँगठनिक कार्यदिशालाई अक्षरस पालाना गर्दै अघि बढ्ने र चाँँडै मुलुकभरका कमिटिहरुलाई पूर्णता दिने उहाँको भनाइ थियो ।


प्रतिक्रिया