‘म आज पनि साझा उम्मेदवारकै पक्षमा छु’ : गगन थापा

मंसिर ७, २०७८ | काठमाडौं

नेपाली कांग्रेसका नेता गगन थापाले १४ औँ महाधिवेशनका लागि आकांक्षी बढ्दै गर्ला आफू अहिले पनि साझा उम्मेद्वार घोषणा गर्नुपर्छ भन्ने पक्षमै रहेको बताउनुभएको छ । रेडियो कान्तिपूरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुरा गर्दै नेता थापाले बाहिर सुनिएको वा देखिएको जस्तो आन्तरिक परिदृश्य नभएकोले आफू निरन्तर साझा उम्मेदवारका लागि प्रयत्नरत रहेको बताउनुभएको हो । महाधिवेशनका लागि आकांक्षीहरुको दौडधूप बाक्लिएका बेला नेता थापाले साझा उम्मेद्वारको प्रसंग पुन: दोहार्‍याउनुभएको हो । १४ औँ महाधिवेशनमा नेता थापाले यसअघि नै महामन्त्रीका लागि उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।


प्रतिक्रिया