माओवादीप्रति आकर्षण बढेको छ - नेता, हेमराज भण्डारी

मंसिर ८, २०७८ | काठमाडौं

नेकपा माओवादीकेन्द्रका केन्द्रिय सदस्य एवम् प्रदेश–१ का सचिव हेमराज भण्डारीले पार्टीको स्थानीय तहका अधिवेशनको तयारीका क्रममा आफ्नो पार्टीप्ति आकर्षण बढेको बताउनुभएको छ । पुषको दोस्रो साता हुने राष्ट्रिय सम्मेलन अगाडी जिल्लाहरुमा भइरहेका अधिवेशनको सन्दर्भमा भण्डारीले अब पार्टीलाई रुपान्तरण गरेर लैजान आफूहरु तयार रहेको समेत बताउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुरा गर्दै नेता भण्डारीले आगामी सम्मेलनबाट पार्टीको विचार र सिद्धान्तलाई समाजको पछिल्लो अन्तरविरोध सम्वोधन गर्ने गरी परिस्कृत गर्नुपर्ने बताउनुभयो ।


प्रतिक्रिया