अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको घोषणा विधिसम्मत् छैन - नेता, खगराज अधिकारी

मंसिर ९, २०७८ | काठमाडौं

एमाले नेता खगराज अधिकारीले उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने भनी गरेको घोषणा विधिसम्मत नभएको बताउनुभएको छ । विधि र पद्धतिको बिषय उठाउने नेताले नै महाधिवेशनको प्रक्रिया भन्दा बाहिर रहेर उम्मेदवारी दिन नमिल्ने अधिकारीको भनाइ छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा बोल्दै नेता अधिकारीले अझै पनि पार्टी पदाधिकारीमा सर्वसम्मति हुन सक्ने बताउनुभयो ।


प्रतिक्रिया