नेतृत्व चयन सर्वसम्मत होस् भन्ने महाधिवेशन प्रतिनिधिको माग सम्बोधन गर्न बिधान संशोधन : निरज आचार्य

मंसिर ११, २०७८ | काठमाडौं

नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले १० औं राष्ट्रिय महाधिवेशनलाई एकता र सर्वसम्मतिको महाधिवेशन बनाउने कार्यकर्ताको माग सम्बोधन गर्न केन्द्रीय कमिटिले बिधान संशोधन गरेको बताउनुभएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै उहाँले नेताको व्यवस्थापन पनि हुने र कार्यकर्ताको भावना पनि सम्बोधन हुने भएकाले नै बिधानमा हेरफेर गर्दै केन्द्रीय कमिटि ३ सय १ सदस्यीय बनाइएको उल्लेख गर्नुभयो ।

गोदावरी बिधान महाधिवेशनले पारित गरेको बिधानमै पनि आवश्यक्ता अनुसार केन्द्रीय कमिटिले बिधान संशोधनको प्रस्ताव महाधिवेशनको बन्दसत्रमा लैजान सक्ने व्यवस्था गरेकाले सोही अनुसार अघि बढिएको बताउनुभयो । नेताको व्यवस्थापनभन्दा पनि नीतिको व्यवस्थापन मुख्य मुद्दा रहेपनि हालको अवस्थामा पार्टीमा खटेकाहरुलाई पनि उचित स्थान दिनुपर्ने उहाँको कथन छ ।


प्रतिक्रिया