“गोलाप्रथाबाट इजलास तोक्ने व्यवस्थाले ५० प्रतिशत माग पुरा भएको छ” - टीकाराम भट्टराई

मंसिर १७, २०७८ | काठमाडौं

नेपाल वार एसोसिएसनका पूर्व उपाध्यक्ष एवम् अधिवक्ता टीकाराम भट्टराईले गोलाप्रथाबाट इजलास तोक्ने व्यवस्थाले आफूहरुको माग ५० प्रतिशत पुरा भएको बताउनुभएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा बोल्दै भट्टराईले न्यायाधिशहरुले अविश्वास व्यक्त हुँदा पनि राजिनामा नदिएर प्रधानन्यायाधीश जबराले हरकत देखाइरहेको बताउनुभयो । भट्टराईले बिरामी भएर अस्पतालमा बस्दा समेत प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कायममुकायम प्रधानन्यायाधीश तोक्न नमानेको दावी गर्नुभयो ।


प्रतिक्रिया