केयुको शैक्षिक तालिकामा कोरोना महामारीको न्युन असर– उपकुलपति डा. थापा

मंसिर १८, २०७८ | काठमाडौं

काठमाडौं विश्वविद्यालयले कोभिड १९ संक्रमणका कारण उत्पन्न समस्याका बाबजुद शैक्षिक तालिकामा कुनै परिवर्तन गर्नुनपरेको विश्व विद्यालयका उपकुलपति डा. भोला थापाले बताउनुभएको छ । शैक्षिक सत्रलाई दुर शिक्षाका माध्यमबाट कुनै समस्या विना सञ्चालन गर्न सफल भएको उपकुलपति डा. थापाको भनाई छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुराकानी गर्दे उपकुलपति डा. थापाले विश्वविद्यालयले नविन आविस्कारका निम्ति अनुसन्धानमुलक कार्यक्रमलाई प्राथमिकता दिइरहेको समेत दाबी गर्नुभएको छ ।


प्रतिक्रिया