माओवादी केन्द्रमा प्रचण्डको नेतृत्वको विकल्प थिएन - खिमलाल देवकोटा

रेडियो कान्तिपुर संवाददाता

पुस २१, २०७८ | काठमाडौं

माओवादी केन्द्रका नेता खिमलाल देवकोटाले पार्टीले तय गरेको राजनीतिक कार्यदिशा अनुसार नेतृत्वका लागि अध्यक्षमा पुष्पकमल दाहाललाई निर्वाचित गर्नुको विकल्प नरहेको बताएका छन् । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुरा गर्दै देवकोटाले अहिलेको अवस्थामा दाहाललाई अध्यक्ष बनाउने महाधिवेशनको निर्णय सही भएको बताए । पार्टीका नेताका आचरण र जीवनशैली परिवर्तनलाई दाहाल स्वयम्ले राजनीतिक दस्तावेजमा गम्भीर ढंगमा उठाएको उनको भनाइ छ ।


प्रतिक्रिया