सबै पक्षलाई समेटेर परराष्ट्र नीतिका लागि प्रतिवेदन तयार पार्छौ : दीपकप्रकाश भट्ट

पुस २२, २०७८ | काठमाडौं

परराष्ट्र नीति अध्ययन उपसमितिका संयोजक दीपकप्रकाश भट्टले भू–राजनीतिमा आएको बदलाव र अन्तराष्ट्रिय सम्वन्धलाई सम्वोधन गर्न सबै पक्षलाई समेटेर परराष्ट्र नीतिसम्वन्धी प्रतिवेदन तयार पार्ने बताएका छन् । विगतमा विभिन्न समयमा बनेका प्रतिवेदन कार्यन्वयन हुन नसकेको पृष्ठभूमिमा संसदको अन्तराष्ट्रिय सम्वन्ध समितिले गठन गरेको उपसमितिले तीन महिनाको जिम्मेवारीसहित परराष्ट्र नीतिका सवालहरु अध्ययन गर्ने जिम्मेवारी पाइएको छ । उपसमिति गठन गरिएको सन्दर्भमा रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा बोल्दै संयोजक भट्टले विगतमा बनेका समितिले सबै भावना समेट्न नसकेकाले अहिले प्रमुख दलका प्रतिनिधि सम्मिलित उपसमितिले समग्र परराष्ट्र नीति र त्यसको सञ्चालनका लागि चाहिने संरचनात्मक सुधारका लागि सिफारिस गर्ने बताए ।


प्रतिक्रिया