अबको केही साता कोरोना संक्रमणको खतरा उच्च – डा. अधिकारी

पुस २४, २०७८ | काठमाडौं

कोभिड १९ संक्रमण आगामि केही सातामा उच्च हुने खतरा रहेकाले सचेतना नै मुख्य उपाय रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले बताउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुराकानी गर्दै डा. अधिकारीले संक्रमण बढ्ने दर चिन्ताजनक बनेकाले अस्पतालहरुलाई तयारी अवस्थामा रहन भनिएको बताउनुभयो । दोश्रो लहर भन्दा हालको पूर्वाधार निकै बनिसकेका कारण स्वास्थ्य सेवा प्रणाली चुस्त भएपनि संक्रमणदर उच्च हुंदाको निकै चुनौतीपूर्ण हुने डा. अधिकारीको भनाई छ ।


प्रतिक्रिया