सभामुखले हामीलाई ठूलो अन्याय गरे : एमाले उपाध्यक्ष नेम्वाङ

पुस २५, २०७८ | काठमाडौं

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफ्नो पार्टीका कारण संसदमा गतिरोध नभएको बताउनुभएको छ । सरकार र सभामुखले संसदमा प्रतिपक्षी दललाई पेलेरै जाने रणनीति बनाएको नेम्वाङको आरोप छ । संसदमा ५० भन्दा वढी विद्येयकहरु अलपत्र हुनुमा सरकार नै दोषी रहेको नेम्वाङको भनाई छ ।

सरकारकै चाहनामा विद्येयकहरु अलपत्र पारिएको नेम्वाङले आरोप लगाउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै नेम्वाङले सभामुख अग्नि सापकोटाको भुमिका संसदमा निस्पक्ष हुन नसकेकाले विरोध गर्नुपरेको बताउनुभयो । सभामुख सापकोटाले एमालेलाई अन्याय गरेको उहाँको भनाई छ


प्रतिक्रिया