मानसिक रोग महामारी निम्तिन सक्छ–डा. ऋषभ कोइराला

माघ १, २०७८ | kathmandu

कोभिड १९ महामारीको केही समय पछि विश्वमा आर्थिक संगै मानसिक रोग महामारी निम्तिने मनोचिकित्सक डा. ऋषभ कोइरालाले बताउनुभएको छ । मानसिक रोग विषयका अनुसन्धानकर्ता डा. कोइरालाले बालबालिका र किशोर किशोरीको उमेर समहु निकै जोखिममा रहेको बताउनुभयो । परिवारको पर्याप्त निर्देशन हुन नसके कालान्तरमा उनीहरुमा सामाजमा घुलमिल हुन नसक्ने देखी जिवनमा आइपर्ने कठिनाइसंग जुध्न समस्या हुने डा. कोइरालाले बताउनुभयो । मानसिक रोगका विरामीको संख्या अमेरिका मात्रै ३१ प्रतिशत बढेको उदाहरण दिंदै डा. कोइरालाले नेपालमा पनि पर्याप्त अध्ययनको आवश्यकता रहेको औल्यांउनुभयो ।


प्रतिक्रिया