दलहरुमा सुशासनको अभाव भयो : पोखरेल

माघ २, २०७८ | kathmandu

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले दलहरुमा सुशासनको अभाव देखिएको बताउनुभएको छ । राज्यलाई बलियो बनाउने भन्दा दल बलियो बनाउने र व्यक्ति केन्द्रीत राजनीति हावी हुादा समस्या भएको उहााको भनाई छ । योगदान गरेका योग्य व्यक्ति भन्दा पनि पार्टीमा बिचौलिया, ठेकेदारको हालीमुहाली हुादा संसदीय लोकतन्त्रको उपहास भएको पोखरेलले बताउनुभयो ।

रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले स्थानीय तहको निर्वाचन अविलम्व घोषणा गर्नुपर्ने बताउनुभयो । स्थानीय तहका पदाधिकारीको कार्यकाल जेठ पहिलो सातादेखि सकिने भएकाले त्यस अघि नै निर्वाचन गर्नुपर्ने बताउनुभएको छ । कार्यकाल सकिएको ६ महिना सम्ममा निर्वाचन गर्न सकिने संविधानले व्यवस्था गरेपनि निर्वाचन कानुनले नमिल्ने पोखरेलको भनाई छ ।


प्रतिक्रिया