ओमिक्रोन संक्रमण समुदाय स्तरमा : जनस्वास्थ्यविद डा अनुप सुवेदी

माघ ३, २०७८

The Headliners | Journalist Parbata | 16 January 2022 | 03 Magh 2078

जनस्वास्थ्यविद् डा अनुप सुवेदीले कोभिड १९ संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन समुदाय स्तरमा फैलिको बताउनु भएको छ । रडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुरा गर्दै डा सुवेदीले परीक्षण नभएकाले पुष्टि नभएको बताउनुभयो । पछिल्लो केही साता यता तीब्र बनेको कोरोना संक्रमण दर ओमिक्रोनकै कारण बढेको उहाँको भनाई थियो । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि परीक्षणको दायरा बढाउनुपर्ने पनि उहाँले उल्लेख गर्नुभयो । सरकारले परीक्षणको दायरा बढाएको दाबी गरे पनि स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछि जनशक्ति अभावमा पछिल्लो समय आवश्यकता अनुसारको परीक्षण हुन सकेको छैन ।


प्रतिक्रिया