स्थानीय निर्वाचनलाई लिएर कांग्रेसभित्र कुनै अलमल छैन : कांग्रेस नेता शेखर कोइराला

माघ ४, २०७८ | kathmandu

कांग्रेस नेता डा. शेखर कोइरालाले स्थानीय निर्वाचनलाई लिएर कांग्रेसभित्र कुनै अलमल नभएको दाबी गर्नुभएको छ । रेडियो कान्तिपूरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुरा गर्दै डा कोइरालाले निर्वाचन आयोगले ताकेता गरेकै समयमा आवधिक निर्वाचन हुनुपर्छ भन्नेमा कांग्रेसभित्र बलियो मत रहेको बताउनुभएको हो । सरकारले अविलम्ब निर्वाचनको घोषणा गरेर निर्वाचन सम्बन्धमा देखिएको अन्योलता चिर्नुपर्ने डा कोइरालाको भनाई थियो । स्थानीय निर्वाचन भन्दा पहिले संसदीय निर्वाचन वा तीनै तहको निर्वाचन एकैपटक गर्ने भन्ने विषय असम्भव भएकोले तत्काल स्थानीय निर्वाचन तर्फ सरकारको ध्यान जानुपर्ने डा कोइरालाले बताउनुभयो ।


प्रतिक्रिया