नागरिक स्तरमै सावधानी अपनाउनुपर्ने बेला आइसकेको छ : डा. प्रशान्त त्रिपाठी, ग्राण्डी अस्पताल

माघ ७, २०७८

The Headliners | Journalist Pawan | 21 January 2022 | 07 Magh 2078

ग्राण्डी अस्पतालका जनरल फिजिसियन डा. प्रशान्त त्रिपाठीले कोरोना संक्रमणको दर उच्च रहेकाले नागरिक स्तरबाटै सावधानी अपनाउन सुझाव दिनु भएको छ । सरकारले कहिले कडा नियम लगाउला भनेर पर्खेर बस्ने अवस्था नरहेको भन्दै जनस्वास्थ्यका सबै मापदण्डको कडाइका साथ पालना गर्नुको बिकल्प नभएको उहाँले बताउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै डा. त्रिपाठीले ओमिक्रोन अत्यन्तै सक्रामक रहेकाले धेरैलाई यसले गाँज्ने पनि उल्लेख गर्नुभयो ।

मौसमी रुघाखोकीसँग केही मिल्दोजुल्दो लक्षणहरु देखा परे पनि सतर्क भएर आइसोलेसनमा बस्न उहाँले सबैलाई सुझाव दिनुभयो । ५ दिनपछि ओमिक्रोनको संक्रमण कम हुने भए पनि १० दिनको आइसोलेसनमा बस्न उहाँको सुझाव छ ।


प्रतिक्रिया