कानुन संशोधन गरेर आगामी असोजमा चुनाव गर्न सरकार प्रतिवद्ध छ : मन्त्री श्रेष्ठ

माघ ११, २०७८ | kathmandu

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले आगामी असोजमा स्थानीय तह निर्वाचन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । संविधान र निर्वाचन कानुन बाझिएकाले वैशाखमा स्थानीय तह निर्वाचन घोषणा गर्न नसकिएको मन्त्री श्रेष्ठको भनाई छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै उहाँले निर्वाचन कानुन संशोधन गर्न सरकारले गृहकार्य शुरु गरिसकेको बताउनुभयो ।

आगामी वर्ष निर्वाचन वर्ष हुने भन्दै मन्त्री श्रेष्ठले तीन तहकै निर्वाचन गरिने बताउनुभयो ।


प्रतिक्रिया