स्थानीय तहको निर्वाचनबारे आयोगले वक्तव्यबाजी गर्दैछ - गणेश शाह

माघ १२, २०७८ | kathmandu

माओवादी केन्द्रका नेता गणेश शाहले स्थानीय तहको निर्वाचनसम्वन्धी संविधान र कानून बाझिएको बिषयमा ध्यान नदिएर निर्वाचन आयोगले वक्तव्यबाजी मात्र गरिरहेको टिप्पणी गरेका छन् । सरकारसँगको समन्वयमा निर्वाचनका लागि अगाडी बढ्नुपर्नेमा आयोगले वक्तव्यवाजी गरेको शाहको भनाइ छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा आज विहान बोल्दै नेता शाहले आफूहरुले निर्वाचन पछाडी धकेल्न नखोजेको बताए । माओवादी केन्द्रले नभई एकीकृत समाजवादीले निर्वाचन केही समयपछि गर्नुपर्ने धारणा राखेको शाहले दावी गरे ।


प्रतिक्रिया