गठबन्धनमा सोचे जति चुनावी तालमेल हुन सकेन - झलनाथ खनाल

वैशाख २६, २०७९ | kathmandu

एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले अन्तिम समयमा निर्णय भएकाले सत्तारुढ गठबन्धनबीच सोचे जति चुनावी तालमेल हुन नसकेको बताएका छन् । आफूले गठबन्धन बनाउन ठूलो योगदान गरेपनि सहयात्री दल नेपाली कंग्रेस र माओवादी केन्द्रले सिट बा“डफा“डलाई सन्तुलित बनाउन नसकेको उनले चर्चा गरे । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा आज विहान बोल्दै नेता खनालले आगामी स्थानीय तह निर्वाचनपछि पनि गठबन्धन कायम रहने बताए ।


प्रतिक्रिया