गठबन्धनमा आबद्ध अन्य दलले कांग्रेससँग तुलना गर्न मिल्दैन : महामन्त्री विश्वप्रकाश शर्मा

जेष्ठ ५, २०७९

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धनमा आबद्ध अन्य दलले कांग्रेससँग तुलना गर्न नमिल्ने बताउनुभएको छ । रेडियो कान्तिपूरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुरा गर्दै महामन्त्री शर्माले नयाँ दल र नयाँ चुनाव चिन्ह लिएर चुनावमा गएका गठबन्धनका अन्य पार्टीले हाल प्राप्त उपलब्धिलाई कम आँक्न नमिल्ने बताउनुभएको छ । बहुसंख्यक स्थानमा कांग्रेसले एक्लै निर्वाचनमा जाँदा पनि आशातीत उपलब्धी हासिल भएको उहाँको भनाई थियो । आगामी दिनमा पार्टीभित्र गम्भीर विमर्शपछि आगामी चुनावमा गठबन्धनसँगै जाने /नजाने रणनीति बनाउने महामन्त्री शमाले बताउनुभयो ।


प्रतिक्रिया