कंग्रेसलाई ठेगान लगाउने प्रचण्डको अभिव्यक्तिको पछाडी लाग्न आवश्यक छैन - फरमुल्लाह मन्सुर

जेष्ठ २१, २०७९ | kathmandu

नेपाली कंग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले अंहकार राखे कंग्रेसलाई पनि ठेगान लगाउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिको पछाडी लाग्न आवश्यक नभएको बताएका छन् । विशेष परिस्थितिमा गठबन्धन बनेकाले आगामी निर्वाचनसम्म सहकार्य गर्नुपर्ने भएकाले नेता विशेषको अभिव्यक्ति वा टिप्पणीको पछाडी लाग्न नहुने उनको भनाइ छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा आज कुरा गर्दै सहमहामन्त्री मन्सुरले कंग्रेस कसैको वैशाखी टेकेर अघि बढ्ने पक्षमा नभएको र कंग्रेसले अभिभावकको भूमिका खेल्नुपर्ने बताए ।


प्रतिक्रिया