मधेश केन्द्रीत दलहरुबीच एकता हुनसक्छ : जसपा अध्यक्ष यादव

जेष्ठ २३, २०७९ | kathmandu

जनतासमाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले आगामी चुनावमा मधेश केन्द्रीत दलहरुबीच तालमेल हुन सक्ने बताउनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुरा गर्दै अध्यक्ष यादवले दलहरुबीच भएको फुटका कारण स्थानीय तहको चुनावमा अपेक्षित नतिजा नआएको भन्दै मिलेर जानुको विकल्प नरहेको बताउनुभयो । संघीय चुनावका लागि मधेश केन्द्रीत दलहरुबीच अनौपचारिक छलफल भइरहेको उहाँको भनाई थियो । फरक प्रसंगमा उहाँले मन्त्रिपरिषद हेरफेर सामान्य रहेको उल्लेख गर्नुभयो । सरकारमा सहभागि एकीकृत समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाएसंगै जसपा लगायत अन्य दलले पनि मन्त्री हेरफेर गर्ने तयारी गरेका छन् ।


प्रतिक्रिया