एमाले नेतृत्व नसुध्रिए संघीय चुनावमा पार्टीको अस्तिव थप संकट पर्छ : घनश्याम भूषाल

जेष्ठ २५, २०७९ | kathmandu

एमाले स्थायी कमिटी सदस्य घनश्याम भूषालले एमालेको नेतृत्व नसुध्रिए आगामी संघीय चुनावमा पार्टीको अस्तिव थप संकटमा पर्ने बताउनुभएको छ । रेडियो कान्तिपूरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुरा गर्दै भूषालले पार्टीमा नेतृत्व देखि पदाधिकारीसम्मले गहन समिक्षा गर्दै नीतिगत र संरचनागत सुधारसहित सच्चिन आवश्यक रहेको बताउनुभएको हो ।स्थानीय तहको निर्वाचन एमालेका लागि गतिलो पाठ भएकोले त्यसबाट सिकेर सुधारात्मक बाटोमा लाग्न जरुरी भएको उहाँको भनाई थियो ।


प्रतिक्रिया