नेपाली कंग्रेस कम्युनिष्ट दललाई सिध्याउने रणनीति अनुसार अघि बढेको छ : प्रदिप ज्ञवाली

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ३१, २०७९

एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले संघीय निर्वाचन पछि कम्युनिष्ट दलहरुलाई सिध्याउने खेलमा कंग्रेस लागेको आरोप लगाउनुभएको छ । कम्युनिष्टदलहरुलाई फुटाएर त्यसको लाभ आफुले लिने र दिर्घकालमा कम्युनिष्ट शक्ति नै सिध्याउने गरि कंग्रेस लागि रहेको उपमहासचिव ज्ञवालीको भनाई छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै उपमहासचिव ज्ञवालीले गठवन्धन दलको भविश्य संघीय निर्वाचनपछि सकिने दावी गर्नुभयो । बाम गठवन्धनको सम्भावना भने तत्काल नरहेको ज्ञवालीको भनाई छ ।


प्रतिक्रिया