सम्भावित प्राकृतिक विपद् न्यूनिकरण तथा राहत एवं उद्धारका लागि स्रोत–साधन र दक्ष जनशक्ति तयारी अवस्थामा : प्रवक्ता भट्टराई

रेडियो कान्तिपुर संवाददाता

असार १, २०७९ | kathmandu

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका सातै प्रदेशमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाई सम्भावित जोखिम न्यूनिकरणका लागि काम गरिरहेको बताएको छ । विशेषगरी राहत र उद्धारका लागि स्रोत साधन र दक्ष जनशक्ति तयारी अवस्थामा राखिएको र जोखिमयुक्त समुदायको पहिचानसमेत गरेर स्थानीय तहमार्फत सचेत गराइएको प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले बताउनुभयो । विपदबाट बच्न जोखिमयुक्त क्षेत्रका मानिसले अहिलेदेखि नै सचेत भएर त्यस्ता स्थानको विकल्पमा सुरक्षित स्थानमा जान सकिने उहाँको भनाई थियो । विपद् व्यवस्थापन एवं जोखिम न्यूनिकरणका लागि स्थानीय तहदेखि संघसम्मै बलियो संयन्त्र तयार पारेर समन्वय र सहकार्यसहित काम भइरहेको प्रवक्ता भट्टराइले बताउनुभयो ।


प्रतिक्रिया