हज यात्रालाई मर्यादित बनाउन प्रतिवद्ध छौं - शमशेर मियाँ

असार ५, २०७९ | kathmandu

नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ साउदी अरबमा हुने हज यात्रालाई मर्यादित बनाउन आफूहरु प्रतिवद्ध रहेको बताएका छन् । हजयात्रीको हवाइ टिकट व्यवस्थापनलाई लिएर टिकाटीप्पणी भइरहेको सन्दर्भमा अध्यक्ष मियाँले विगतमा टिकट खरिदबारे प्रश्न उठेपनि अहिले आफूहरुले यसलाई व्यवस्थित गरेको बताएका हुन् । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा आज विहान कुरा गर्दै उनले यो पटक नेपालको तर्फबाट ५ सय ४३ जना हजयात्री नेपालको तर्फबाट साउदी अरव जान लागेको बताए । हज मुस्लिम धर्मावलम्वीहरुको ५ मुख्य आधारस्तम्भ मध्ये एक हो ।


प्रतिक्रिया