जबराविरुद्धको महाभियोग प्रस्ताव अर्को संसदमा प्रवेश गर्छ: गोपालकृष्ण घिमिरे (अध्यक्ष, नेपाल बार एसोसिएसन)

भाद्र २३, २०७९

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रतिनिधिसभाले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग टुङ्गो लगाउन नसके अर्को संसदमा लैजान मिल्ने बताएका छन् । प्रतिनिधिसभाको कार्यकाल आगामी असोज १ गते सकिन लाग्दा समेत महाभियोगको बिषय टुङगो नलागेको अवस्थामा मंसिर ४ गते हुने निर्वाचनबाट आउने संसदमा सो प्रस्तावलाई निरन्तरता दिन मिल्ने घिमिरेको भनाइ छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा बोल्दै उनले जबरा अदालत फर्किएर आउन नसक्ने समेत बताए ।


प्रतिक्रिया