श्रमिकका मुद्दामा दलहरु अनुदार छन् - अजयकुमार राई, उपाध्यक्ष, ट्रेड युनियन काँग्रेस

भाद्र २७, २०७९ | kathmandu

नेपाल ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष अजयकुमार राईले श्रमिकका मुद्दामा नेपालका सबै दलहरु अनुदार रहेको आरोप लगाउनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै उहाँले श्रमिकलाई आन्दोलनको सहयात्री र भोट बैंकका रुपमा मात्रै हेर्ने दृष्टिकोण बदल्न आग्रह गर्नुभयो । नेपालको संविधानको धारा ४२ को सामाजिक न्यायको हकले श्रमिकको पनि समानुपातिक सहभागिता सुनिश्चित गरे पनि दलहरुले उपेक्षा गर्दै आएको राईले बताउनुभयो । त्यस्तै नेपाली काँग्रेसलाई २०७० सालमै श्रमिकको मागका बारेमा ज्ञापन पत्र बुझाएको र त्यसबेला गरिएको ७ बुँदे सहमति कार्यान्वयन गर्न उहाँले नेतृत्वलाई सुझाव दिनुभयो ।

प्रदेश र संघमा रोजगारादाता र उद्योगीको प्रतिनिधित्व हुने गरे पनि श्रमिक वर्गको हुन नसकेकाले चुनावका बेला विशेष गरी आवाज उठाइएको उहाँको प्रष्टिकरण थियो ।


प्रतिक्रिया